सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता ‘कटप्पा’ अर्थात सत्यराज भिलेन बन्ने भएका छन्।

साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिन्कदर’ मा इन्ट्री भएको हो। यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन्। सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए।

अभिनेता आफैँले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए। एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए।

यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए। फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन्। यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन्। साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन्। ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए। त्यो फिल्मका लेखक मुरुगादास थिए ।

Skip This
Skip This
Logo