याक एण्ड यति होटेलमा प्रहरीको छापा, १२ जना भारतीय व्यापारी पक्राउ

याक एण्ड यति होटेलमा प्रहरीको छापा, १२ जना भारतीय व्यापारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले सुचनाको आधारमा छापा मार्दा १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालमा समेत अवैध नेटवर्किङ गर्न आएकाले उनीहरुलाई नियन्त्रणमा लिईएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

साइन गुप्रका डारेक्टर रसिद नासिङ सहित १२ जना पक्राउ परेका हुन् । समयमा नै सुचना पाएकाले नेपालीको करौडौं रुपैयाँ ठगी हुनबाट जोगिएको डिएसपी बोगटीको भनाई छ ।

उनीहरुले होटलको रुम लिएर शुक्रवारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए। करिब ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना बनाएर उनीहरु नेपाल आएको डिएसपी बोगटीको भनाई ।

Skip This
Skip This
Logo