काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भैरहेको छ।































प्रतिक्रिया