काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दामा आजका लागि पेशी तोकिएको छ।
सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा पेशी तोकिएको छ।
यस अगाडि हिजोपनि न्यायाधीश पोखरेलकै इजलासमा पेशी तोकिएर स्थगित् भएको थियो।
उनीविरुद्ध अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै रिट दायर गरेका थिए।
रिटमा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरितसमेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा पदबाट निजलाई निलम्बन गर्नुभनि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ।































प्रतिक्रिया