विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डको दाबी: माधव नेपाल समीकरण भन्दा बाहिर जान्नन्

विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डको दाबी: माधव नेपाल समीकरण भन्दा बाहिर जान्नन्

केन्द्रबिन्दु
15
Shares

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन्।

विहिबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन्।

उनले भने,‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाड्न बाहिर कोही नजाने दाबि गरेका छन्।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ। देउवाले मधेस प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन्।

‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्न प्रधानमन्त्री विराटनगर पुगेका हुन्।

Skip This
Skip This
Logo