चेपाङ समुदायमा रोकिएन बाल विवाह

चेपाङ समुदायमा रोकिएन बाल विवाह

केन्द्रबिन्दु
0
Shares

हेटौँडा,

मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का भीममाया चेपाङ १७ वर्षको उमेरमा दुई सन्तानको आमा बन्नुभयो । भीममायाको काखमा अहिले दुई वर्षको छोरा छन्, अर्को सन्तान बितिसकेका छन् ।

यस्तै पातली माया चेपाङ २५ वर्षको उमेरमा चार सन्तानको आमा भइसक्नुभयो । राक्सिराङ-७ कै सुमित्रामाया चेपाङको काखमा आठ महिनाकी छोरी छिन् ।

भीममाया, पातलीमाया र सुमित्रामाया चेपाङ समुदायमा बाल विवाह गर्ने पात्र मात्र हुन् । बाल विवाह कानुनतः बर्जित छ तर चेपाङ समुदायमा चेतनाको अभाव, गरिबी लगायतका कारण बाल विवाह हुँदै आएको छ ।

चेपाङ बाहुल्य रहेको राक्सिराङ–७ को दामराङ, धिराङ लगायत वस्तीका चेपाङ समुदायलाई खोरिया बारीको खेतीले तीन महिनादेखि बढीमा छ महिना खान पुग्छ ।

खेतीले खान नपुग्ने भएपछि खाद्यान्न अभाव पूर्ति गर्न गिठ्ठा, भ्याकुर लगायतका कन्दमूलको जोहो गर्नु उनीहरूको बाध्यता हो । भीममायाले भन्नुभयो, ‘कामको खोजीमा पति गाउँ बाहिर जान थालेपछि दोहोरो जिम्मेवारी छ, दुधे सन्तान पाल्न ज्याला मजदुरीमा पनि जानुपर्छ ।’

‘स्वास्थ्य चौकीमा २० वर्षभन्दा कम उमेरका झण्डै २० जना गर्भवती जाँचका लागि नियमित आउने गरेका छन्’ सरिखेत स्वास्थ्य चौकीका इञ्चार्ज प्रेम पौडेलले भन्नुभयो, ‘ती मध्ये अधिकांश चेपाङ र जनजाति समुदायका छन् ।’
गोरखापत्रबाट

Skip This
Skip This
Logo