सन्दीपलाई भेटेर खेलकुदमन्त्री श्रेष्ठले भने- आशावादी रहनुस्

सन्दीपलाई भेटेर खेलकुदमन्त्री श्रेष्ठले भने- आशावादी रहनुस्

केन्द्रबिन्दु
30
Shares

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्टले विश्वकप खेल्न अमेरिकाले भिसा नदिएपछि यहीं रहेका सन्दीपलाई पनि भेटेका हुन् ।

उनले सो क्रममा भिसा दिलाउन आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका थिए । सन्दीपलाई आशावादी रहन उनको आग्रह थियो । ‘हामीले गर्ने शतप्रतिशत गरेका छौँ, उताबाट अलिक हुन सकेको छैन,’ उनले भने, ‘यहाँ भइदिएको भए हामीले नै यो गर्नु, उ गर्नु भनेर भन्न पाइन्थ्यो। त्यसका फेरि अरु धेरै कुटनीतिक मर्यादाहरू हुन्छन्।’

साे क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि उपस्थित थिए ।

Skip This
Skip This
Logo