भारतले दुई वटा रेल दिने सम्झौतामा हस्ताक्षर

भारतले दुई वटा रेल दिने सम्झौतामा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएको छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएको सम्झौता अनुसार भारतले नेपाललाई रेल दिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएको थियो ।

भारतीय रेलवे मन्त्रालय अन्तर्गतको कोङ्कोण रेल्वे कर्पोरेसनले दुई वटा डिब्बा दिने भएको भारतीय दूतावासका प्रवक्ता अभिशेष दुबेले जानकारी दिए । १६ सय एचपी डिइयमयू रेल तत्काल कुर्थादेखि बिहारको जयनगरसम्म ३४ किलोमिटर दुरीमा चल्नेछ ।

दुबेका अनुसार हरेक रेलमा एउटा ड्राइभिङ्ग पावर कार, तीन वटा एसीसहित ट्रेलर कार हुनेछ । रेलका डिब्बा चेन्नेईस्थित इन्ट्रिगेटेड कोच फ्याक्ट्रीमा बनेको हो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo