फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन्।

बिहीवार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो। यो सँगै कुनैपनि फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति ट्रम्प बनेका छन्। न्यु योर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचन को बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको लुकाउने अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो। सो आरोपमाथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो।

सो मुद्दामा जुरी ट्रायल भएको थियो। १२ जनाको स्वतन्त्र जुरीले हस् मनिलगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ। करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ।

फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यो अपमान भएको बताए। अदालतको धाँधली पूर्ण निर्णय भएको बताए। उनले यसको सही निर्णय अब जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए।

यसो त अब फौजदारी मुद्दामै दोषी ठहर भएपछि ट्रम्पको आगामी राजनीतिक बाटो कता मोडिने छ। यो भने सबैको चासोको विषय बन्ने छ।

Skip This
Skip This
Logo