काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका–९ मा शुक्रबार बिहान ना ५ ख ५५१५ नम्बर को यात्रु वाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन्।
घाइतेहरूमध्ये ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र ९ जनालाई थप उपचारका लागि चितवन लगिएको प्रहरीले बताएको छ।
अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको प्रहरीले बताएको छ।





























प्रतिक्रिया