जब चोरले एटिम सम्झेर पासबुक प्रिन्ट मेसिन चोर्‍यो

जब चोरले एटिम सम्झेर पासबुक प्रिन्ट मेसिन चोर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चोरले धनमाल तथा कुनै सामान चोर्न विभिन्न तरिका अपनाउने गरेको पाईन्छ । थरी थरीको आईडिया लगाएर उनीहरुले चाहेको बस्तु चोर्ने गर्छन् । अरु त अरु पछिल्लो समय सबैभन्दा सुरक्षित मानिएको एटिएम मेसिन समेत चोरको निशानामा पर्ने गरेका छन् ।

गत वर्ष मात्र काठमाडौंमा चोरहरुले कुनै सहकारीको लकर नै चोरेर लगेका थिए । पछि फोर्न नसकेपछि लकर ने चोरीएको राज बाहिर आएको थियो । त्यस्तै केहि समय अघि पनि काठमाडौंमा एटिएमबाट पैसा चोर्न खोज्दा एक चोर रंगेहात पक्राउ परेका थिए ।

चोरहरुले रातको समयमा एटिएम मेसिन नै चोर्ने गरेको छन् । यतिबेला भारतमा एउटा घटना चर्चामा आईरहेको छ । यो घटना पुरानो भएपनि यतिबेला सामाजिक सञ्जालमा चर्चा छाएको छ । पाँच पाँच जना चोरहरु रातको समयमा निजी बैंकमा गए ।

उनीहरुले एटिएम मेसिन उठाएर लगे । तर बैंकलाई एटिएम मेसिन चोरी भएको कुनै जानकारी थिएन् । किनकी उनीहरुले एटिएम मेसिन नै चोरेका थिएनन् । उनीहरुले त केबल बैंकमा रहेको पासबुक प्रिन्ट मेसिन पो चोरेका रहेछन् ।

दोस्रो दिन प्रहरीले पाँचै जना चोरलाई नियन्त्रणमा लियो । सोधपुछको क्रममा उनीहरुले मेसिनबाट पैसा नआएको बयान दिए । पैसा आओस् पनि कसरी एटिएम भन्दै पासबुक प्रिन्ट मेसिन चोरेपछि । एटिएम भन्दै पासबुक प्रिन्ट मेसिन चोर्ने चोरहरु अन्तमा आफैं लज्जित भए । त्यो बेलासम्म पनि चोरहरुलाई त्यो एटिएम मेसिन होईन भन्ने जानकारी थिएन ।

Skip This
Skip This
Logo