प्रभु बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा प्रभु बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोटमा परेको थियो । बैंकले सफलतापूर्वक सेवाको गुणस्तरलाई सुधार गरेको, द्रुत रुपमा नवीन, अनुकुल प्रडक्ट र सेवाहरु ल्याएको जसले गर्दा बैंकिङ उद्योगमा ट्रेन्ड सेटर बनेको इन्फोसिसले जनाएको छ ।































प्रतिक्रिया