काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन तलमाथि नहुने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्ना सांसदहरूलाई वर्तमान गठबन्धन तलमाथि नहुने ब्रिफिङ गरेका हुन्।
उनको भनाइलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘माधवजी गलत मनसाय लिएर बूढानीलकण्ठ जानुभएको होइन। जानुअघि मलाई जानकारी गराउनुभएको थियो। उहाँले समीकरण छाड्नुहुन्न कुराकानी भइरहेका छन्।’
यस्तै, उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको डिफेन्स गर्न निर्देशनसमेत दिएका छन्।































प्रतिक्रिया