अरुमाथि औंला ठड्याउने संस्कृतिले मात्रै कांग्रेस बलियो हुँदैनः एनपी साउद

अरुमाथि औंला ठड्याउने संस्कृतिले मात्रै कांग्रेस बलियो हुँदैनः एनपी साउद

केन्द्रबिन्दु
12
Shares

नेपालगन्ज । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपण र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताएका हुन् । ‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएन भन्ने ठाउँ छैन,’ उनले भने, ‘अर्कातिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुन सक्दैन ।’

उनले पार्टीलाई मजबुत बनाउन सबै नेताहरु व्यक्तिगत आकांक्षाबाट मुक्त हुनुपर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘पार्टी मजबुत बनाउन व्यक्तिगत आकांक्षाबाट पार्टीका सबै नेताहरुले आफूलाई बाहेक राख्नुपर्छ ।’

पार्टीको साझा सिद्धान्त बोकेर पार्टीलाई मजबुत बनाउन सकिने र आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल नगरेरै जित्न सकिने उनको भनाइ थियो । ‘पार्टीको साझा सिद्धान्तलाई बोकेर, पार्टीका साथीहरुको साझा भावनालाई बोकेर पूर्वपश्चिम हामीले मार्च गर्न सक्यौैैँ भने ८४ मा पार्टीलाई बलियो रुपमा स्थापित गर्न सक्छौँ,’ साउदले भने, ‘गठबन्धन नगरेरै जित्न सक्ने अवस्थामा पुग्न सक्छौँ ।’

Skip This
Skip This
Logo