आइपिएलमा आज दिल्ली र चेन्नाइ भिड्दै

आइपिएलमा आज दिल्ली र चेन्नाइ भिड्दै

केन्द्रबिन्दु
0
Shares

इण्डियन प्रिमियर लिगको एउटा महत्वपूर्ण खेलमा दिल्ली क्यापिटल्सले आज पूर्व च्याम्पियन चेन्नाइ सुपर किङसको सामना गर्दैछ ।
भिसाखापट्टनममा हुने खेल आज साँझ पौने ८ बजे शुरु हुनेछ ।

दोस्रो क्वालिफायर अन्तर्गतको खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । मुम्वइ इण्डियन्स यसअघि नै फाइनलमा पुगिसकेको छ ।
आजको खेलमा दिल्लीमा आबद्ध नेपाली युवा स्पिनर सन्दिप लामिछाने नखेल्ने सम्भावना बलियो छ । टोलीका प्रशिक्षक रिकी पोन्टिङ तथा कप्तानश्रे यस ऐयरले यसअघिको विजयी टोलीलाई  नै निरन्तरताने मनस्थितीमा देखिएका छन् । सन्दिपले दिल्लीका लागि पछिल्ला चार खेल खेलेका छैनन् ।

दिल्लीले सनराइजर्स हैदरावादलाई पहिलो एलिमिनेटर खेलमा रोमाञ्चक रुपमा दुई विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।
आज दिल्लीलाई लिग चरणमा चेन्नाइसंग भोगेको हारको बदला लिने मौका पनि रहेको छ ।

लिग चरणका दुबै खेलमा चेन्नाइले दिल्लीलाई हराएको थियो । दिल्ली अहिलेसम्म आइपीएलको फाइनलमा पुग्न सकेको छैन भने चेन्नाइ दुई पटकको विजेता टोली हो ।

Skip This
Skip This
Logo