बजेटले दिर्घकालीन परिणाम र प्रतिफल दिँदैन: डा.महत

बजेटले दिर्घकालीन परिणाम र प्रतिफल दिँदैन: डा.महत

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले सरकाले ल्याएको बजेटले दिर्घकालिन परिणाम र प्रतिफल दिने खालको नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा कार्यक्रममा उनले आन्तरिक ऋण जुन मात्रामा बढाइएको छ त्यसले बैदेशिक ऋणको प्रस्तावित ऋणपनि कार्यान्वयन गर्न कठिन हुने बताए।

उनले भने,‘अहिले चित्त बुझाउने मात्र होइन् नि दिर्घकालिन परिणाम र प्रतिफल नआउने लगानी गर्ने छुट हामीलाई छैन्। किनकी हामी ऋण लिएर लगानी गर्दैछौँ। ऋणको साँवा ब्याज तिरेर पनि केही थप गर्ने लक्ष्य राख्नुपर्यो नि। त्यो नराखी ऋणमा निर्भरता गर्ने भनेको अत्यन्तै गलत नीति हो। जुन मात्रामा बढाइएको छ यो ठिक होइन्। बैदेशिक ऋणको हकमा प्रस्तावित ऋणपनि कार्यान्वयन क्षमता कठिन छ। यसले गर्दा बजेटले राखेको प्रस्ताव कार्यान्वयन नहुने अवस्था आउँछ।’

उनले ८९ अर्ब आन्तरिक ऋण यस वर्ष प्रस्तावित गरेको भनेर बढाएको भन्दै यसले निजी क्षेत्रले प्राप्त गर्ने ऋणमा दवाव पर्ने बताए। सरकारले ऋण लिएर वितरण गर्ने नीति लडाकुलाई भरणपोषण गर्ने र सिमित साधन स्रोतको ठूलो दुरुपयोग गर्ने मनसायले लिएको आरोप लगाए।

Skip This
Skip This
Logo