केएमसीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदै

केएमसीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।

केएमसीमा साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । सम्झौतापत्रमा केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले नेृतत्व सम्हाले यता केएमसीले उच्चस्तरीय सेवा दिइरहेको छ । सेवा सुविधा थप्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Skip This
Skip This
Logo