गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेको हो । जसमा विद्यार्थीहरुलाई झोला वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्यलगायत संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगतदेखि नै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व रहेको बताइएको छ ।
यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।





























प्रतिक्रिया