एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ।

बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ।

पछिल्लो समय सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षि दलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ।

त्यस्तै, र्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ।

Skip This
Skip This
Logo