डेढ किलो सुनसहित एकजना पक्राउ

डेढ किलो सुनसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मकवानपुर प्रहरीले डेढ केजी भन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले जिल्लाको हेटौँडा उपमहानगरपालिका-१५ रातमाटेबाट काठमाडौंदेखि वीरगञ्जतिर गइरहेको ना ८ ख ३७९३ नम्बरको बसमा चेकजाँचका क्रममा एक किलो ६ सय ४९ ग्राम ८९० मिलिग्राम सुनसहित भोजपुरको षडानन्द नगरपालिका-४ निवासी २९ वर्षीय ल्वागुन बिकलाई पक्राउ गरेको हो ।  बरामद भएको सुनको बजार मूल्य ८५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बिकको जुत्ता र पाइन्टको खल्तीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुनसहित नियन्त्रणमा लिएको हो ।

Logo