सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्याली सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शनिबारका दिन बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा बैंकले साइकल र्याली सम्पन्न गरेको हो ।
बैंकका संचालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संवोधन गरिएपश्चात साइकल र्यालीको शुरुवात गरिएको थियो ।
बिहान ७ः४५ बजेदेखि सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल र्यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्नेहरुको बाक्लो उपस्थिती रहेको थियो । वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल र्याली यस तेस्रो संस्करण साइकल र्यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।
यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराउनुका साथै साइकल र्यालीमा सहभागी भएका एक जना भाग्यशाली सहभागी भक्तपुर निवासी रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।
साइलक र्यालिकै दिन पारेर बैंकले ग्रिन सेभिङ्गसम्वन्धी प्रडक्टसमेत लन्च गरेको छ । यस किसिमको प्रडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको बताइएको छ ।































प्रतिक्रिया