टिसीएलले टी२० विश्वकप २०२४ लाई लक्षित गर्दै “गाे बिग, गाे टिसीएल” नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीएलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० रुपैयाँसम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्ने कम्पनीकाे भनाई छ ।
टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।
ग्लोबल नम्बर वान गुगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिँदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्ता सामू ल्याउन सफल भएको छ । थप रूपमा, टिसीएलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लबमार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ ।
टिसीएलको ९८ इन्च टिभीको फाेरके रिजोल्युसन र एचडीआर सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ । यसको ठुलो डिस्प्लेको सहायताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडियमको अनुभव महसुस गर्न सक्ने कम्पनीकाे भनाई छ ।





























प्रतिक्रिया