काठमाडौं । सिट्रोनको नेपालका लागी आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नयाँ फिचरसहितको फ्रान्सेली ब्राण्ड सिट्रोन ई–सी३ शाइन गाडी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै ‘ई–सी३ शाइन’ भेरिएन्ट सार्वजनिक गरेको हो ।
पहिलाको मोडलभन्दा थप भएर आएको शाइन हाल बिक्री हुँदै आएको फिल र लाइभ भेरिएन्टको तुलनामा फिचर लोडेड रहेको कम्पनीले जानकारी दिएको छ । सिट्रोन ईसी३ शाइनमा लेदर स्टेरिङ ह्विल, रियर भ्यू क्यामेरा, इलेक्ट्रीकल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट एलोई ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ ।
फिचर थप भएसँगै यो कार फिल भेरिएन्टको तुलनामा जम्मा १ लाख रुपैयाँले मात्र महंगो परेको कम्पनीको भनाइ छ । नयाँ फिचर थपिएर आएपछि यसको मूल्य कम्पनीले ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
सिट्रोन ईसी३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने बताइएको छ । गाडीमा पोर्टेवल चार्जिक केवलसमेत उपलब्ध रहेको बताइएको छ ।
यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ ।
यस्तै, यो गाडीको टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ । यूरो एनक्यापको सेफ्टि टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडी लगायत अन्य धेरै सेफ्टि फिचर सिट्रोन ई–सी३ शाइनमा उपलब्ध रहेको छ ।





























प्रतिक्रिया