टी-२० विश्वकप: सुपर ओभरमा नामेबिया विजयी

टी-२० विश्वकप: सुपर ओभरमा नामेबिया विजयी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आइसीसी विश्वकपअन्तर्गत आज भएको पहिलो खेल ओमानसँग नामेबियाले सुपर ओभरमा जितेको छ।

सुपर ओभरमा नामेबियाले पहिला ब्याटिङ् गर्दै २१ रन जोड्यो। जवाफी ब्याटिङ् गर्दै २२ रनको लक्ष्य पाएको ओमानले १ विकेट गुमाउँदै ११ रन मात्रै जोड्न सक्यो।

यस अगाडि भएको खेलमा बार्बाडोसको केन्सिङ्टन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोड्न सक्यो।

१ सय १० रनको लक्ष्य पाएको नामेबियाले जवाफी ब्याटिङका क्रममा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन मात्रै जोड्यो।

म्याच टाइभएपछि दुवै टोलीले सुपर ओभर खेलेका थिए।

Skip This
Skip This
Logo