डिजे तेन्जिङले गिनिज वर्ल्ड रेकर्डका लागि ६,४०० मिटरको उचाइमा गरे डीजे पार्टी

डिजे तेन्जिङले गिनिज वर्ल्ड रेकर्डका लागि ६,४०० मिटरको उचाइमा गरे डीजे पार्टी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । डिजे तेन्जिङ शेर्पाले सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन्।

नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङले मे २१ मा सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका हुन्।

गिनिज वल्र्ड रेकर्डका लागि डिजे तेन्जिङले मे १७ मा ६,४०० मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा डीजे पार्टी आयोजना गरेर सबैभन्दा उच्च-उचाईमा भएको डीजे कन्सर्ट गरेका थिए।

‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गरेका डीजे तेन्जिङले अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको बताएका छन्। उनले भने, ‘नेपालका पहिलो डीजे भएकाले नेपालमा डीजे संस्कृतिको प्रवर्द्धन गर्नु मेरोपनि कर्तव्य हो, त्यसैले विश्व कीर्तिमान बनाउने प्रयास गरेको छु।’

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डीजे तेन्जिङले यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरेका थिए। मन्त्री तामाङले डीजे तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन रहेको बताएका थिए।

सोलुखुम्बुका डिजे तेन्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।

Skip This
Skip This
Logo