एउटा अचम्मको गाऊँ (भिडियोमा)

एउटा अचम्मको गाऊँ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ को एउटा अचम्मको गाऊँ खोज्नेक्रममा हाम्रो यात्रा राजधानी काठमाडौंबाट सुरु हुन्छ, बैशाखको दोस्रो साता । विराटनगरमा एक रात बास बसेर हामी यात्रामा निस्कन्छौं ।

बिराटनगरबाट झन्डै ६० किलोमिटर उत्तर पश्चिमतिर लागेपछी पुगिन्छ, प्रसिद्ध धार्मिक स्थल सुन्सरी जिल्लाको चतरामा निर्माण भएको कोशीपुल । यो नयाँ पुल हो ।

त्यो अचम्मको गाऊँको नाम हो श्रीलंका टापु । जसलाई कोशी नदीले घेरेर राखेको छ । हाल बगिरहेको कोशीको पश्चिममा पर्छ यो टापु ।

पूर्व, उत्तर र दक्षिणतिर अहिले पनि कोशी नदी नै बगिरहेको छ । पश्चिम तर्फचाहिं बर्षायाममा भंगालाहरु बग्छन् । र यस गाउँलाई सही अर्थमा टापु बनाउँछन् ।

धेरैबर्षअघि भने चारैतिर स्थायीरुपमा नै कोशी बग्थ्यो र त्यही मेसोमा यस गाऊँको नाम श्रीलंका टापु रहन गएको स्थानीयहरु बताउँछन् । सुन्सरी, उदयपुर र सप्तरीगरी तीन जिल्लालाई छुन्छ, यस टापुले । बाँकि हेर्न भिडियोको प्रयोग गर्नुहोला ।

Skip This
Skip This
Logo