एजेन्सी । भारतमा एक महिलाको सामूहिक बलात्कार गरिएको छ । राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटोमा रोकेर सुनसान गल्लीमा लगेर श्रीमतीको सामूहिक बलात्कार गरिएको हो । श्रीमानमाथि कुटपिट गर्दै श्रीमतीको बलात्कार गर्नेले भिडियो समेत बनाएका थिए ।
यस घटनालाई लिएर स्थानीय दलित संगठनहरुले विरोध प्रदर्शन सुरु गरेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने चार जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै एक प्रहरी अधिकारी निलम्बनमा परेका छन् । घटना अप्रिल २६ मा भएको थियो । तर घटनालाई अहिलेसम्म लुकाईएको थियो ।
घटनामा संलग्नहरुले भिडियो भाइरल बनाइदिने धम्की दिएपछि पीडित दम्पत्तिले घटनाबारे सुरुमा मुख खोलेका थिएनन् । तर, त्यसपछि पनि ठूलो रकम माग्दै नदिएपछि भिडियो सार्वजनिक गरेका थिए ।
घटनामा फरार रहेका अभियुक्तलाई खोजी गर्न मात्र प्रहरीको १४ वटा टीम खटिएको छ । प्रदर्शनमा सहभागी अलवकार जिल्लाका एक दलित अगुवा चरण सिंहका अनुसार अप्रिल २६ गते पीडित दम्पत्ति मोटरसाइकलमा गइरहेका थिए । पाँच जनाले उनीहरुलाई घेरे । त्यसपछि सुनसान ठाउँमा लगेर श्रीमानकै अगाडि श्रीमतीमाथि दुष्कर्म गरे ।
अभियुक्तहरुले घटनाको भिडियो बनाउँदै गए, श्रीमानलाई बेस्सरी कुटपिट गरे । पीडित महिला चिच्याउन थालेपनि सहयोग गर्ने कोही थिएनन् । प्रहरीले लोकसभा चुनाव प्रभावित हुन नदिन घटनालाई थामथुम पारेको आरोप लागेको छ ।































प्रतिक्रिया