भारतीय लोकसभाको सुरूवाती रुझानमा एनडीए अगाडि, इण्डिया गठबन्धन पछ्याउँदै

भारतीय लोकसभाको सुरूवाती रुझानमा एनडीए अगाडि, इण्डिया गठबन्धन पछ्याउँदै

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको सुरूवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अगाडि देखिएको छ।

अहिलेसम्म करिब ५०० सिटको सुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको २०० सिटमा अगाडि देखिएको छ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिलदेखि १ जुनसम्मगरी सात चरणमा भएको थियो। यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो। जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो। २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो। यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए।

चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्याधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन्।

५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ। त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफूहरूको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबि गर्दै आएका छन्।

Logo