कतारमा पहिलो पटक २०० रियालको नोट बजारमा आउँदै

कतारमा पहिलो पटक २०० रियालको नोट बजारमा आउँदै

केन्द्रबिन्दु
0
Shares

दोहा, कतार ।

कतारको राष्ट्र बैङ्कले पाँचौं संस्करण अन्तर्गत नयाँ नोटहरू बजारमा ल्याउन लागेको छ । कतारको राष्ट्रिय दिवस अर्थात् डिसेम्बर १८ बाट लागू हुने गरि नयाँ नोट जारी गर्न लागिएको हो भने पहिलो पटक कतारले २०० रियालको नोट बजारमा ल्याउँदैछ ।

नयाँ नोटबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सयको नोट बजारमा आउन लागेको जानकारी गराइएको थियो । नयाँ नोटको अगाडि परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित रहेर तयार गरिएको छ । पछाडिको भागमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति र जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश गरिएको छ ।

पुराना नोटहरू आगामी ३ महिनाभित्र विस्थापित गर्ने लक्ष्य रहेको छ । आगामी १८ तारिखबाट सम्पूर्ण एटिएम मेसिनहरूबाट नयाँ नोट प्राप्त हुनेछन् । त्यस्तै आफूसँग भएका नोटहरू विभिन्न बैङ्कहरूमा गएर साटन समेत सकिनेछ भने सिक्का यथावत रहनेछ ।

Skip This
Skip This
Logo