नेपाल टि२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए ।































प्रतिक्रिया