संसदमा मिनेन्द्र रिजालको आक्रोशपूर्ण रोदन (भिडियोमा)

संसदमा मिनेन्द्र रिजालको आक्रोशपूर्ण रोदन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्डा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर तनाबपुर्ण बन्यो ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि नेपाली कांग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए । उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।

कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सिमा र मर्यादा हुन्छ भने पछि स्थिति थप तनावपुर्ण बनेको थियो । त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो । कांग्रेस सांसदहरुले संसदीय मर्यादालाई कायम गर्न निरन्तर सभामुखको ध्यानाकर्षण गराईरहेपनि सभामुखले त्यसबारे केही निर्णय गर्नुभएन ।

विपक्षी दलका सांसदको नाराबाजीबीच प्रधानमन्त्रीले आफ्नो जवाफ सकाउनुभएको थियो । विरोध चलिरहेकै बेला संसोधनकर्ताको बाट बोल्ने समय पाएका नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आक्रोश पोखे ।

Skip This
Skip This
Logo