विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयमसेवामा खटिने मानिसहरुलाई तालिम प्रदान गर्ने भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बर्खासुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरीरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु र स्वयमसेवामा खटिने मानिसहरुको जोखिमलाई कम गर्न तालिमको व्यवस्था गरेको जनकारी दिए।

उनले भने, ‘विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु स्वमसेवामा खटिने मानिसहरुको जोखिलाई पनि ध्यानमा राखेर उहाँहरुलाई तालिमको व्यवस्था गर्न यसैसाता सम्बन्धित निकायले जोड लगाउनुभएको छ। तालिम प्राप्त गरेर रिपोटिङमा र स्वयंमसेवकमा खटिएकालाई कम जोखिन हुने भएकाले यस्तो व्यस्था मिलाएका छौं।’

उनले सूचना तथा सञ्चारको विषयलाई पनि गम्भीरताकासाथ लिएर जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था गरेको जानकारी दिए। गृहमन्त्रीका अनुसार कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने छ भने ११४९ नम्बरमा फोन गरेर बाढी र विपद् सम्बन्धी सूचना पाउन सकिने छ।

उनले भने,‘हामीले खासगरी खाद्य सामग्री एवम् राहत सामग्रीको ढुवानी लगायतका विषयमा सहयोगको अपेक्षा गरेका छौं। सूचना तथा सञ्चारको विषयलाई पनि हामीले गम्भीरताकासाथ लिएका छौं। जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्नका लागि कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने कुराको पनि जानकारी गराउँछु । आजैबाट मनसुनबारे पैसा नलाग्ने ११४९ नं.मा फोन गरेर बाढि सम्बन्धी सुचना पाउन सकिने छ।’

Skip This
Skip This
Logo