काठमाडौं । फक्सवागन इन्डियाले ६ एयरब्याग उपलब्ध गराउने घोषणा गरेको छ।
फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने घोषणा गरेको हो।
फक्सवागन टाइगुन र भर्टसलाई ग्लोबल एनसीएपीले सेफ्टीका लागि क्र्यास टेस्टमा ५ स्टार रेटिङ दिइएको र हालसम्म फक्सवागन भर्टस र टाइगुन भारतमा १ लाखभन्दा बढी युनिट कार बिक्री भइसकेको बताइएको छ।
फक्सवागन टाइगुनमा २ वटा इन्जिन समावेश गरिनुका साथ पहिलोमा १.० लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ। जसले गर्दा ११५ बीएचपी अधिकतम पावर र १७५ एनएम पिक टर्क जेनेरेट गर्न सक्षम रहेको बताइएको छ। दोस्रोमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ जसले अधिकतम १५० बीएचपी पावर र २५० एनएमको पिक टर्क जेनेरेट गर्न सक्षम रहेको जनाइएको छ।
यी दुबै इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्डको रूपमा प्रदान गरिएको छ।
फक्सवागन टाइगुनको एक्स शोरूम मूल्य ११ लाख ७० हजारदेखि २० लाख भारतीय रूपैयाँ रहेको छ।





























प्रतिक्रिया