अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई अण्डा प्रहार भएको छ । राष्ट्रिय चुनावको क्याम्पेनका क्रममा उनीमाथि अण्डा प्रहार गरिएको हो । अण्डा प्रधानमन्त्रीको टाउकोमा लागेको छ ।
सो घटना स्थानीय महिला संघको एउटा कार्यक्रममा अल्बुरी भन्ने स्थानमा भएको थियो । सो स्थान क्यानबेराबाट ३३० किमी दक्षिण-पश्चिममा पर्छ ।
त्यो घटनाका क्रममा एक जना बृद्धालाई पनि धक्का लागेको थियो । फुटेजमा देखिएको दृश्यका आधारमा २५ वर्षिया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अण्डा फाल्ने कार्यलाई प्रधानमन्त्रीले ‘कायरतापूर्ण’ भन्ने टिप्पणी गरेका छन् ।































प्रतिक्रिया