काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टीका सतिश कुमार सिंहले मुख्यमन्त्री नियुक्त भएका छन्।
सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री नियुक्ती गरेका हुन्।
प्रदेश प्रमुख भण्डारीसमक्ष सिंहले ५५ जना सासंदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
नियुक्त भएसँगै सिंहलाई केही बेरमा शपथ खुवाइदैछ।
यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।































प्रतिक्रिया