शिक्षामन्त्री सुमनालक्षित आफ्नो अभिव्यक्तिबारे ओलीले दिए यस्ताे जवाफ

शिक्षामन्त्री सुमनालक्षित आफ्नो अभिव्यक्तिबारे ओलीले दिए यस्ताे जवाफ

केन्द्रबिन्दु
30
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभिव्यक्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन । संयोगले कसैसँग कुनै नाम मिले जस्तो पनि लाग्दैन । वतन र ठेगाना मिलेजस्तो पनि लाग्दैन । त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।’

ओलीले केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको अभिव्यक्ति दिएका थिए । त्यसबारे संसदमै रास्वपाले प्रश्न उठाएकाे थियाे ।

Logo