काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।
बैंकले काठमाडौं बालुवाटार-४ स्थित् प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई मिति शुक्रबार विद्यालय झोला वितरण गरेको हो।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गैरेसँगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १५० थान स्कूल झोला, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको जनाएको छ।
झोला वितरण कार्यक्रममा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय, ३० एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको दाबी गरेको छ।





























प्रतिक्रिया