काठमाडौं । तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापालाई सरुवा गरेको भने काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदीलाई ल्याएको छ ।
त्यस्तै लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामालाई सरुवा गरिएको छ । त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् । सुवेदी यसअघि प्रहरी प्रवक्ता थिए भने लामा महानगरीय प्रहरी परिसर काठमाडौमा थिए । त्यसैगरी थापा पूर्वी क्षेत्रीय तालिमकेन्द्र विराटनगरमा थिए ।































प्रतिक्रिया