सिमकोट
जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ८ स्थित राहदेउ फुचामा ३ जना बालबालिकाको मृत्यु भएको छ । केही दिन अघि गाउँमा फैलिएको झाडापखाला तथा ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएका बालबालिकाहरुको मृत्यु भएको हो ।
संचार सम्पर्क समेत हुन नसकेको उक्त गाँउमा तीन जना बालबालिकाको रुघाखोकी तथा झाडापखालाको कारण मृत्यु भएको स्थानीयले मौखिक खबर गरेको सर्केगार्डमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरी रहनु भएका स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति लबी रावतले बताउनु भयो ।
हाल मृतक बालबालिकाको नाम नखुलेको र चिकित्सक सहितको टोली सोमबार (आज) औषधी सहित त्यसतर्फ जाने तयारी गरी रहेको उहाँले बताउनुभयो ।





























प्रतिक्रिया