तोलामा चार हजारले घट्यो सुनको मूल्य

तोलामा चार हजारले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ।

यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मुल्य थियो।

त्यस्तै आज चाँदीको मूल्यपनि घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो।

Logo