काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।
कोशीका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको पूर्ण इजलासमा पेशी तोकिएको हो।
यसअघि जेठ २३ गते न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिट पूर्ण इजालासमा सुनुवाइका लागि पठाउन भन्दै आजलाई पेसी तोकिदिएको थियो।
नयाँ सरकार गठनको प्रक्रियामा असन्तुष्ट हुँदै वैशाख २७ गते निवर्तमान मुख्यमन्त्री केदार काकीले रिट दायर गरेका थिए।





























प्रतिक्रिया