काठमाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु दिपल एस ०७ को मूल्य ३ लाख रुपैयाँले बढेको जानकारी दिएको छ।
वृद्धिसँगै दिपल एस ०७ को मूल्य अब ७४ लाख ९९ हजार रुपैयाँ तोकेको कम्पनीले जानकारी दिएक हो।
केही महिना पहिले मात्र सार्वजनिक भएको सो गाडीको इन्ट्रोडक्टरी मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो। हाल बजेटलेसमेत इलेक्ट्रिक गाडीको करमा केही परिवर्तन गरेका कारणले यो मूल्य कायम गरिएको अनुमान गर्न सकिने कम्पनीले बताएको हो।
अब सो गाडीको बुकिङ फेरि खुला गरिएको र गाडी डेलिभरी भने असार मसान्त पश्चात मात्र हुने कम्पनीको भनाइ छ।
नयाँ दिपल एस ०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिने जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउँने कम्पनीको दाबी छ। दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ।
१५ भन्दाबढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर
दिपल एस ०७ मा इभी डेडिकेटेड ‘इपीए १ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ। कारमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने दावी कम्पनीको छ।
अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस ०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु रहेका छन्। संगीत, फोन कल र फोटो खिच्नेलगायतका फंक्सनका लागि एस ०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतमार्फत नै कमान्ड लिन सकिने बताइएको छ। साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’लगायत अन्य महत्वपूर्ण सूचना प्रदान गर्दै ड्राइभिङलाई सहज र सुरक्षित बनाउँनेपनि कम्पनीले जनाएको छ।
साथै, क्याबीनको बीचमा १५.६ इन्चको ‘सन फ्लावर टचस्क्रिन’ रहेको छ, जुन टचस्क्रिनलाई इन्टरयाक्ट गर्ने यात्रुतिर आफैँ फर्कनिनेछ। दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैँ मिलाइदिने कम्पनीको दाबी छ। कारको अगाडि र पछाडि दुबै भागमा सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक बनाउनुका साथै पर्फमेन्समा सुधार ल्याउनसमेत मद्धत गर्ने कम्पनीको दाबी छ।
नेपालमै पहिलोपटक ईभीमा ४ वटा ‘ड्राइभिङ मोड’ दिइएको यो कारलाई इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज मोडमा ड्राइभ गर्न सकिन्छ। ड्राइभिङ मोड धेरै भएका कारण चालकलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउने कम्पनीको दाबी छ।
दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ। साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन्।
कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिकलाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन्। साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेड’लाई खोल्न र बन्दगर्न सकिने टचस्क्रिन रहेको छ।
सुरक्षाका लागि दिपल एस ०७मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निंग’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० डिग्री क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निंग’ लगायत प्रशस्तै फिचर पाउन सकिने कम्पनीको दाबी छ।





























प्रतिक्रिया