सामसुङ नेपालले ग्यालेक्सी एम३५ फाइभ जी बजारमा ल्याएको छ । ग्यालेक्सी एम३५ फाइभ जीमा विभिन्न विशेष सुविधाका साथै धेरै समयसम्म टिक्ने ब्याट्री रहेको छ । यसमा रहेको ६ हजार एमएएच ब्याट्रीले धेरै मोबाएल चलाउने र यात्रा गर्नेहरुका लागि बढी उपयोगी देखिनेछ ।
अल्टिमेड मोन्स्टर ब्याट्री लाइफ
ग्यालेक्सी एम ३५, ५ जी को प्रभावशाली ६००० एमएएच ब्याट्रीले एक्सटेन्डेड युजेज समय सुनिश्चित गर्ने भएकोले यो पावर प्रयोगकर्ता र फोन चलाउँदै हिँड्नेहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
स्मार्टफोनले २५ डब्लू फास्ट चार्जिङ सपोर्ट गर्ने र फास्ट पावर अपहरूको लागि यो निःशुल्क २५ डब्लू चार्जर साथमा आउँने बताइएको छ ।
मोन्स्टर–लेबल पफर्मेन्स
ग्यालेक्सी एम ३५ पावरफुल एक्सन्योस १३८० प्रोसेसरबाट संचालित रहेको र यसमा ८ जीबी र्यामका साथै २५६ जीबी आन्तरिक स्टोरेजको माइक्रोएसडी स्लट मार्फत विस्तार गर्न सकिन्छ ।
वान युआइ ६ दशमलव १सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने ग्यालेक्सी एम ३५ले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिने बताइएको छ । सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने बाचा गर्छ, जसले गर्दा यो मोबाइल अप–टू–डेट र सुरक्षित रहने बताइएको छ ।
सुपिरिएर मोन्स्टर क्यामरा
ग्यालेक्सी एम ३५ को भर्सटायल क्यामरा सेटअपको साथ जीवनका क्षणहरू खिच्न कम्पनीले आग्रह गरेको छ । यो डिभाइसमा ओआइएस् ८ एमपी अल्ट्रा–वाइड क्यामरा र २ एमपी म्याक्रो क्यामराको साथ ५० एमपी मुख्य क्यामरा रहेका छन् ।
भिडियो खिच्न रुचाउनेले ३० एफपीएसमा फोर के रेकर्डिङ र ७२० पी मा २४० एफपीएसमा स्लो मोसन क्षमताहरूको मजा लिनसक्ने बताइएको छ । यसको १३ एमपी फ्रन्ट–फेसिङ क्यामेराका साथ प्रयोगकर्ताले शानदार सेल्फीहरू र भिडियो कलहरूको आनन्द लिनसक्ने कम्पनीको दाबी छ ।
इमर्सिभ मोन्स्टर साउण्ड
ग्यालेक्सी एम ३५, एम ३५ एक्स सिरिजको पहिलो हो, जसले डल्बी एटमोस सपोर्ट गर्दै स्टेरियो स्पिकरहरू प्रदान गर्दछ, यसले उत्कृष्ट र इमर्सिभ अडियो अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।
उत्कृष्ट मोन्स्टर डिस्प्ले ६ दशमलव ६ एफएचडी प्लस १२० हर्जको सुपर एम्बलोड डिस्पलेसहित ग्यालेक्सी एम ३५ले जीवन्त दृश्यहरू प्रदान गर्ने बताइएको छ । भिजन बूस्टरको साथ १ हजार निट्सको पीक ब्राइटनेससँग प्रयोगकर्ताले सूर्यको उज्यालो प्रकाशमापनि स्पष्ट र जीवन्त कन्टेन्टको आनन्द लिन सकिने बताइएको छ ।
ग्यालेक्सी एम३५ मा ८ जीबीको र्याम र २५६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । वन यूआई ६.१ सँग नवीनतम एन्ड्रोइड फोर्टिनमा चल्ने ग्यालेक्सी एम३५ ले सहज र प्रभावकारी सेवा दिने कम्पनीको दाबी छ । सामसङले चार वर्षको ओएस अपडेट र पाँचवर्षको ग्यारेन्टी दिँदै मोबाइल अप–टु–डेट र सुरक्षित रहने बताएको छ ।
यो मोबाएलमा उत्कृष्ट मोन्स्टर डिस्प्ले, सुपिरिएर मोन्स्टर क्यामरा, इमर्सिभ मोन्स्टर साउण्ड तथा मोन्स्टर कनेक्टिभिटी र सुरक्षाको सुविधासमेत रहेको छ । गाढा निलो, खैरो र हल्का निलो रंगमा उपलब्ध यो मोबाइल ४४ हजार ९९९ रुपैयाँमा बजारमा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ ।





























प्रतिक्रिया