अदालतका नासु घुस लिँदा लिँदै पक्राउ

अदालतका नासु घुस लिँदा लिँदै पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत तुलसीपुरका नायब सुब्बालाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कृष्ण कुमार पाठकलाई ३ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको हो।

नासु पाठकलाई शनिबार चारबाहिनी चोकस्थित श्री लायर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको हो ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै नायव सुब्बा कृष्ण कुमार पाठकले सेवाग्राहीसँग घुस मागेका थिए ।उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Logo