चिया मजदुरको आन्दोलन ३५ दिन बित्यो, अझै सुनुवाई भएन

चिया मजदुरको आन्दोलन ३५ दिन बित्यो, अझै सुनुवाई भएन

केन्द्रबिन्दु
0
Shares

इलाम

सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५ औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियम अनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्वता ३५ दिनमा पूरा हुन्छ ।

सरकारी स्वामित्वमा रहेका इलामका इलाम चिया बगान, कन्याम, चिलिमकोट र सोक्तिम चिया बगानका श्रमिकले आफू कार्यरत बगान तथा प्रतिष्ठानमा भेला भएर दैनिक डेढ घण्टा धर्ना दिइरहेका छन् । सरकारी स्वामित्वमा रहेका झापाका वर्ने, टोकला, बाह्रदर्शीसहित न्युगिरि, मित्तल, सती घट्टालगायतका निजी बगान र उद्योगमा पनि श्रमिकले आन्दोलन जारी राखेका छन् । अब एक साताभित्र आन्दोलनको निकास कतैबाट नहुने हो भने यो वर्षको पहिलो टिपाइ ‘फस्ट फ्लस’ को चिया नस्ट भएर जान्छ, कन्याममा कार्यरत मजदुर नेता विष्णु भट्टराईले भन्नुभयो । तीन–चारपटक टिपाइ हुने यो सिजनको चिया अब एक टिपाइसम्म हुनसक्छ ।

यो भनाइ सरकारी सूचनाहरूका लागि ३५ दिनको समय व्यतित भएपछिको दोहोरो दस्तुर तिरेर आवेदन गर्न पाइने जस्तै थप समयको हो । मुख्य सिजनको चिया नस्ट हुँदै गर्दा बगान व्यवस्थापन पक्ष पनि चुप लागेर बसेको छ तर, ३५ औँ दिनसम्म आन्दोलनमा होमिएका श्रमिक भने आन्दोलनको अवधिको पनि दैनिक ज्याला छोड्ने पक्षमा छैनन् ।

चिया श्रमिक र श्रमिकका संगठनहरूले शुक्रबार मात्र आगामी वैशाख २४ गतेका लागि नयाँ कार्यक्रम तय गरेका छन् । दैनिक आन्दोलन चलाइरहेका श्रमिकहरूले २४ गते भने झापाको विर्तामोडस्थित मुक्तिचोकको खुला सडकमा सुतेर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेपाल चियाबगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताउनुभयो । चिया श्रमिक गत चैत १७ देखि काम छोडेर आन्दोलनमा छन् ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo