सडकबाटै दिईन् रेखा थापाले सरकारलाई यस्तो चेतावनी (भिडियोमा)

सडकबाटै दिईन् रेखा थापाले सरकारलाई यस्तो चेतावनी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री तथा निर्माता रेखा थापाले सिंहदरबार कसैको बाऊ बाजेको सम्पत्ति नभएको बताएकी छन् । तीन करोड नेपालीकै भएको बताउँदै बर्तमान सरकारलाई सिंहदरबार आफ्नै बाऊ बाजेको जस्तै नठान्न चेतावनी दिईन् ।

नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्वारा आयोजित कार्यक्रममा बोल्दै अभिनेत्री थापाले यस्तो बताएकी हुन् । ‘जनताले के महसुस गरिरहेका छन्, तिनीहरुको मुद्दामा एक शब्द पनि नबोल्न भन्ने अनि जनतालाई प्रश्न गर्न आएन भनेर उहाँहरु हामीलाई नै प्रतिप्रश्न गर्नुहुन्छ’ उनले भनिन् ।

‘हामीले निर्मलाको मुद्दा उठाउनु हुँदैन थियो रे। हामीले एनसेलको मुद्दा उठाउनु हुँदैन थियो रे। हमीले वाइडवडी काण्ड उठाउनु हुँदैन थियो रे। हामीले ‘पुल कहिले बन्ने, तुइन फाल्यौँ जस्ता प्रश्न गर्नु पर्ने रे।’ हामीलाई यस्तो कपोकल्पित कुरा सुन्ने फुर्सद छैन’ आक्रोशित हुदै भनिन् ।

Skip This
Skip This
Logo