प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रालयगत छलफल सुरू हुँदै

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रालयगत छलफल सुरू हुँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल सुरू हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने तालिका रहेको छ।

त्यस्तै आज विनियोजन विधेयकअन्तर्गत विभिन्न सांसदले राखेका पाँच खर्च घटाउने प्रस्तावसमेत पेश हुने तालिका रहेको छ।

जुन यस प्रकार छन्-
१- सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

२- सांसद डा. अमरेश कुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

३- सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

४- सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

५- सांसद रमा कोइराला पौड्यालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने।

६- सांसद संजय कुमार गौतमले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।

Skip This
Skip This
Logo