रमितालाई ‘क्यापिटल क्विन नेपाल’को उपाधि

रमितालाई ‘क्यापिटल क्विन नेपाल’को उपाधि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । यो वर्षको ‘क्यापिटल क्विन नेपाल’को ताज भक्तपुर बोडेकी रमिता भण्डारीले जितेकी छन्। उनले ताजसँगै जापानमा हुन लागेको ‘नेपाल फेसन इन्टरटेनमेन्ट अवार्ड २०२५’ मा सहभागिताको लागि अवसर पनि पाएकी छन्। रमिताले विधागततर्फको ‘मस्ट इन्टेलिजेन्ट अवार्ड’ पनि जितिन्।

हिमालय मुभिज प्रोडक्सन हाउसले राजधानीमा आयोजना गरेको सातौं संस्करणको प्रतियोगितामा मनिषा मगर ‘फस्ट रनरअप’ सँगै ‘वेस्ट फोटोजेनिक’ र ‘मस्ट पपुलर’ तथा विपुला केसी ‘सेकेन्ड रनरअप’ सँगै ‘मस्ट स्मार्ट’ भए।

कार्यक्रममा विधागततर्फ जुना भण्डारी ‘वेस्ट पर्सनालिटी’ र ‘पब्लिक च्वाइस भिडियो’, सृष्टि कला सिग्देल ‘मस्ट अप्टिमिस्टीक’, रोजी ब्लोन ‘मस्ट डिलाइटफुल’, रेनु गहतराज ‘मस्ट चार्मिङ’, कोपिला परियार ‘मस्ट डिलिजेन्ट’, सविना ब्लोन ‘मस्ट डेडिकेटेड’ र उर्वशी श्रेष्ठ ‘मस्ट एक्टिभ’ घोषित भए।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताका दर्जन प्रतियोगीहरुले तिन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडियोसुटलगायतका विविध विषयहरूमा तालिम लिएका थिए।

प्रतियोगिताको निर्णायकमा अभिनेता एवम् मोडल एसराज गराच, फेशन डिजाइनर सुक्निता चौलागाई, ‘मिसेस डिभा नेपाल २०२२’ हेमा योञ्जन, ‘मिसेस नोवेल नेपाल २०२२’ शर्मिला थापा र ‘मिसेस डिभा २०२४ सन्तु लामा’ थिए।

Skip This
Skip This
Logo