सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo