जनकपूर
सरकारको काम कारवाहीलाई लिएर प्रदेश २ का विपक्षी दलले शुक्रबार प्रदेश सभाको बैठक अबरुद्ध गरेका छन् । विपक्षी दल नेकपा र कांग्रेसले संयुक्त रुपमा प्रदेश सभाको तेस्रो अधिवेशनको पाँचौ बैठक अवरुद्ध गरेका हुन् । यसअघि ३ वैशाखमा पनि बैठक अवरुद्ध गरेका थिए । विपक्षी दलले अवरुद्ध गरेपछि सभामुख सरोज कुमार यादवले अनिश्चितकालका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
सरकारले जनता आवास कार्यक्रम सञ्चालनको लागि बनाएको कार्यविधि नै गलत रहेको र त्यसमा विपक्षी दलहरुलाई वाइपास गरेको उनीहरुको आरोप छ । त्यसैगरी नक्कली उपभोक्ता समिति गठन प्रकरणमा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलको संलग्नता रहेकाले त्यसमा सरकारले स्पष्टिकरण दिनुपर्ने विपक्षी दलको माग छ ।
प्रदेश सरकारका मन्त्रीहरुले रकमान्तर गरेर आफन्त र आसेपासेलाई अवैधानिक रुपमा वजेट वितरण गरिरहेकोले रोक्नुपर्ने माग राखेको काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा एक करोडको बजेट खर्च गर्ने सरकारले भद्र सहमिती गरे पनि अहिलेसम्म कार्यान्वय नगरेको विपक्षी दलको आरोप छ । विपक्षी दलको मागप्रति प्रदेश सरकार गम्भिर नभई जवाफ नदिएसम्म बैठक अवरुद्ध राख्ने उनले बताए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया